संखुवासभाको खाँदबारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

संखुवासभा,२ माघ । संखुवासभाको खांदबारी स्थित नयाबजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको हो ।

जिल्ला न्यायाधीश राज कुमार कोइराला मुख्य निर्वाचन अधिकृतका रूपमा तोकिएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण काम उक्त कार्यालयबाट सञ्चालन हुने भएको छ ।

कार्यालय स्थापनापछि उम्मेदवारी दर्ता, निर्वाचन कार्यक्रम कार्यान्वयन, मतदाता तथा सरोकारवाला पक्षसँगको समन्वय, गुनासो सुनुवाइलगायतका कार्यहरू प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ ।

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र विश्वासयोग्य बनाउन स्थानीय प्रशासन, सुरक्षानिकाय तथा सम्बन्धित निकायसँग सहकार्य गरिने मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो।-खांदबारी एफ एम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।