मोरङको कानेपोखरी गाउँपालिकाबाट करदाता सेवा सुरु

मोरङ । करदाता सेवा मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालयबाट सुरु भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी पथरीबाट दिदै आएको करको सेवाहरु गाउँपालिकाबाट सुरु गरेको हो । यो संगै अब करसेवाको लागि टाढा जानू पर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङनामले प्रोजेक्टरमा बटम क्लिक गरी सुरु गर्नु भएको थियो । सोही समयमा वडा नं. ३ काे रमेश थापाको ‘थापा होटेल’ लाई पहिलो प्यान नं. को प्रमाणपत्र प्रदान गरिएको छ ।

व्यवसायी दर्ताको लागि आफ्नो वडामा व्यवसायी दर्ता प्रमाणपत्र लिएपछि गाउँपालिका गएर पान नं. को प्रमाणपत्र लिनु पर्ने व्यवस्था गरिएको छ ।

करदाता पालिकामा पहिलो पटक लिदा र बन्द गर्दा दुई पटकमात्र धाउनुपर्ने हुन्छ । अरु चाही घरबाटै गर्न सकिने सम्बन्धित पक्षले बताएका छ्न ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनामको सभाअध्यक्ष भएको कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादले स्वागत मन्तव्य राखेका थिए ।

वक्ताहरूले कानेपोखरीका आम जनताहरुलाई करको बारेमा गोष्ठी, कार्यक्रम गरी कर शिक्षाको बारेमा बुझाउनु पर्ने बताएका थिए । त्यस्तै सबैलाई करको दायरामा ल्याउनु पर्ने जोड दिएका थिए । स्थानीय सरकारको आयश्रोत भनेको कर भएकोले करको दायरा बढाउनु पर्ने बताएका थिए ।

वडा अध्यक्ष गोपाल बहादुर कार्की, नेपाली काङ्ग्रेस गाउँसभापति योगेन्द्र दाहाल, नेकपा एमाले गाउँपालिका कमिटी उपाध्यक्ष कृष्ण थामी, नेपाल कम्युनिस्ट पार्टी कानेपोखरीका अध्यक्ष केदार राई, रास्वप कानेपोखरी सभापति सुनिल दत अधिकारीले मन्तव्य राखेको थियो ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष खड्गबहादुर बस्नेत, वडा अध्यक्ष चरण गुरुङ, गाउँ कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, पद्मा कुमारी गुरुङ उपस्थित रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।