ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ,२ माघ । ताप्लेजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनुभयो । उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने र मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । प्रजिअ सेढाइँले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आचारसंहिता सहितका कानुनी व्यवस्थालाई सबैले पालना गर्न पनि आग्रह गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖