बिर्तामोडमा मोटरसाइकल दुर्घटना , निरौलाको मृत्यु
झापा । झापाको बिर्तामोड–८ हर्चना टोलस्थित सैनिकमोड–भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा भद्रपुर–७ निवासी ३६ वर्षीय सुदिर निरौलाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।


