सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर–२ बाट चुनाव लड्ने
काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं. २ बाट आगामी निर्वाचन लड्ने घोषणा गरेका छन्।
निर्वाचन तयारीलाई ध्यानमा राख्दै उनले सञ्चारमन्त्री पदबाट राजीनामा दिने जानकारी दिएका छन्।
खरेलले राजनीति र लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष जनमतबाट सहभागी हुन चाहेको भन्दै जनताको सेवाका लागि उम्मेदवारी दिने स्पष्ट पारेका छन्।


