भरतपुरको विकासमा योगदान पुर्याउँदै रेनु दाहाल बिदा हुँदै
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नौ वर्षको नेतृत्वपछि बिदा लिन लाग्दा उनले शहरको रूप परिवर्तनमा आफ्नो योगदान स्मरण गरिन्।
प्रचण्डकी छोरी भनेर परिचित रेनु दाहालले साँघुरा सडक, जीर्ण विद्यालय भवन, सीमित स्वास्थ्य सेवा र अव्यवस्थित पूर्वाधार सुधार गर्दै भरतपुरलाई उज्यालो, व्यवस्थित र समृद्ध शहरमा परिणत गरेकी छिन्।
उनका नेतृत्वमा १,०७२ किलोमिटर कालोपत्रे सडक, स्मार्ट लाइट र भूमिगत विद्युत् प्रणाली जडान भएको छ। साथै, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षा क्षेत्रमा सुधारका कार्यक्रम पनि सञ्चालन गरिएको छ।
रेनु दाहालले आफ्नो समय र ऊर्जा शहरको विकास र जनताको भलाइमा समर्पित गरेको बताइन्।


