मोरंगको जाँतेबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरंग । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी जाँतेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मोरङ जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका वडा नं. ९ जाँते निवासी दिनेश दर्जी रहेका छन्। उनीमाथि जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भई २०८० साल श्रावण ०१ गते मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

घटना पश्चात फरार रहेका दर्जी गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा माघ ०२ गते जाँते क्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेका दर्जीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोरङ जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖