बालेन शाहलाई झापा ५ मा रास्वपाले नै हराउँछ : श्रम संस्कृति पार्टी झापा ५ उम्मेदवार समिर तामाङ
झापा । झापा क्षेत्र नम्बर ५ मा दुई उम्मेदवार केपी शर्मा ओली र बालेन शाह को चर्चा भइरहँदा राम्रो प्रभाव देखिएको हर्क साम्पाङको पार्टी श्रम संस्कृतिबाट उम्मेदवारको रूपमा समीर तामाङ आएका छन्।
उनले एक अन्तर्वार्तामा भनेका छन् –
बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ मा समिर तामाङले हराउनु नपर्ने भन्दै बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले नै हराउने दाबी गरेका छन।
उनको भनाइ अनुसार बालेन शाह एक स्वार्थी मान्छे हुँन जसको उम्मेदवारीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै फाइदा हुने देखिँदैन उनी भन्छन् काम गर्ने कालु मकै खाने भालु ! राष्ट्रिय स्वतन्त्र पार्टीले दुःख गरेर फल लगाउने अनि अन्य मान्छे आएर उक्त फल खाइदिने कुरा कसैलाई पनि मान्य नहुने तर्क उहाँको छ।


