ताप्लेजुङमा जारी तेस्रो वरकदेन गोल्ड कपमा थलङको विजयी यात्रा सुरु

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको तेस्रो वरकदेन गोल्ड कप थलङ स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । आज भएको उद्‌घाटन खेलमा मैवाखोला–१ ढुङ्गेसाँघुलाई पराजित गर्दै थलङले विजय यात्रा सुरु गरेको हो ।

खेलको निर्धारित समयमा बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । कक्फेक्वा तङ्नाम माघे सक्रान्तीको अवसरमा गोल्ड कप सञ्चालन गरिएको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । उहाँको अनुसार खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गोल्ड कपमको आयोजना गरिएको हो ।

खेलका विजेताले नगद १ लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष उमेश केदेमले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले ३ वर्षे रनिङ कप, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोरर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।