मोरंगको जाँतेमा श्रम संस्कृतिको उदाहरणीय अभ्यास, आजको श्रमदानमा २ लाखको सामग्री सहयोग

मोरंग । लेटाङ नगरपालिका वडा नं. ८ जाँतेमा आज श्रमदान कार्यक्रम आज सम्पन्न भएको छ। नोबेल बोर्डिङदेखि भूपू चोकसम्मको सडक क्षेत्रमा फोहोर संकलन, पिच रोडको छेउमा झाडीले ढाकेको भाग खनेर सफा गर्ने तथा सरसफाइ कार्य गरिएको थियो।

यस अवसरमा लेटाङ–८ जाँते घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका समाजसेवी पूर्ण बहादुर राईले वडा समितिलाई करिब २ लाख रुपैयाँ बराबरका श्रममा प्रयोग हुने बेल्चा, हसिया, ग्लोभलगायत सामग्री सहयोग प्रदान गर्नुभएको छ।

उक्त श्रमदान कार्यक्रममा करिब ६० जना स्थानीय युवा, तन्नेरी, महिला, वृद्धवृद्धा तथा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सबै जाति र वर्गबीचको एकता तथा सामूहिक श्रम संस्कृतिको सशक्त सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन्।-लेटांग खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।