विराटनगरमा जारी विराटनगर क्रिकेट लिगमा डाइनामिकको विजयी सुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । ।

डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।