विश्वप्रकाश शर्मा नउठेपछि झापा–१ मा कांग्रेसका पाँच नयाँ नाम सिफारिस
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ।
क्षेत्रीय सभापति इन्द्र बुढाथोकीका अनुसार आज बसेको कांग्रेस क्षेत्र नं १ को बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो। सिफारिस हुनेमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्।
यसअघि विसं २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित विश्वप्रकाश शर्माकै एकल नाम सिफारिस गरिएको थियो। तर शर्माले उम्मेदवार नबन्ने घोषणा गरेपछि नयाँ नाम अघि सारिएको क्षेत्रीय समितिले जनाएको छ।-नीलोपाटी


