बक्राह खोलाको बगरमा लागेको आगलागी नियन्त्रणमा
उर्लाबारी । उर्लाबारी–३ स्थित बक्राह खोलाको बगरमा लागेको आगो नियन्त्रणमा आएको छ । शनिबार साँझ करिब ५:३० बजेदेखि लागेको आगो करिव २ घण्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।
सो खोलाको बगरमा रहेको पटेर र काँस घारीमा नयाँ पालुवा उम्रिने आशामा कसैले आगो लगाएको हुन सक्ने अनुमान गरिएको छ।
जनप्रतिनिधि, दमकल, उर्लाबारी प्रहरी र स्थानीयलगायत उक्त आगो नियन्त्रणको प्रयासमा जुटेका थिए ।
सो स्थानमा उर्लाबारी र पथरी नगरपालिकाबाट आएका दमकलले साँझ करिव ७:४५ आगो नियन्त्रणमा लिएका थिए ।


