धनकुटाको पाख्रीबासमा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेस अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–२ स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारको संयुक्त आयोजनामा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै यस्ता मौलिक चाडपर्वले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रीबास नगरपालिकाका उपप्रमुख, २ नम्बर वडाका वडा अध्यक्ष चुडामणि मगर , नगरका विभिन्न वडाका वडाध्यक्ष, साथै विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले माघ्या सकराटी पर्व र मिना ल्हेस मगर समुदायको मौलिक संस्कृति, पहिचान र परम्परासँग गहिरो रूपमा जोडिएको चाड भएको उल्लेख गर्दै भावी पुस्तामा यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖