मोरङको लेटाङबाट लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ
मोरङ । मोरङको लेटाङबाट लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ९ जाँते बस्ने बर्ष २७ को पारुहाङ राई रहेका छन् ।
गत माघ ३ गते लेटाङ नगरपालिका वडा नं. ९ जाँते पारुहाङ टोल स्थितमा लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते मोरङबाट प्रहरी टोली खटिई गई चेकजाँच तथा तलासी गर्दा राईको साथबाट डबाको बिर्कोमा सेतो प्लास्टिकको टुक्रामा सानो-सानो ५० वटा पोका पारी लुकाई छिपाई बोकेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेकको ४ ग्राम ला.औ.फेला पारि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लेटाङमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


