ओखलढुंगामा यज्ञराजलाइ रोकेर अस्मितालाई एमालेको टिकट

ओखलढुंगा । नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो। उनी यसअघि एमाले महाधिवेशन प्रतिनिधि समेत दोस्रोपटक चयन भएकी थिइन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका यज्ञराज सुनुवार यसपटक पनि टिकटका बलिया दाबेदार मानिएका थिए। सुनुवार एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहमा खुलेर लागे पनि यसपटक टिकट पाउन सकेनन्।

टिकटका लागि सुनुवारले अध्यक्ष ओलीसँग व्यापक लबिङ गरे पनि अन्ततः सुनुवाइ हुन सकेन। पार्टी नेतृत्वले पालिका उपाध्यक्ष थापालाई टिकट दिने निर्णय गरेको हो।

टिकट पाएसँगै थापाले पालिका उपाध्यक्ष पदबाट राजीनामा दिई माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।