इटहरीबाट भोजपुर बालाङ्खा आउँदै गरेको बस दुर्घटना
भोजपुर । इटहरीबाट भोजपुर बालाङ्खा आउँदै गरेको बस भोजपुर आमचोक र उदयपुरको चौदण्दिगढि नगरपालिका १ रानिटार स्थित दुधकोशिमा अस्थाइ फेरि बाट तार्ने क्रममा पल्टेर नदिमा खसेको छ ।
उदयपुर पट्टी भएको उक्त दुर्घटनामा चालक र सहचालकलाई सकुशल उद्दार गरिएको र कुनै मानविय क्षती नभएको बयाङ प्रहरीले जनाएको छ ।
रानीटार स्थित उदयपुर र भोजपुर जोड्ने दुधकोशीमा समयमा पक्किपुल नबन्दा यात्रुहरु झोलुङ्गे पुल र गाडीलाई अस्थायी फेरि बाट तार्नुपर्ने बाध्यता छ ।
रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल असार ३० मा ठेक्का सम्झौता गरी काम थालेको थियो ।
शिलान्यासमै एक वर्ष ढिलाइ भयो । ०७३ मा शिलान्यास हुनुपर्नेमा ०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।-स्रोत :अर्जुन राई


