बालेनले बुझाए उपमेयर सुनिता डंगोललाई राजीनामा
काठमाडौं । रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डङ्गोललाई आईतबार राजीनामा बुझाएका हुन्।
उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा-५ मा निर्वाचन लड्दैछन।
महानगरको साढे तीन बर्ष कुशल नेतृत्व गरेका बालेनले अब संसदीय राजनीतिको यात्रा तय गरेका हुन्।



