बसको ठक्करबाट एक शिक्षिकाको मृत्यु
प्यूठान । बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ ।
नौबहिनी गाउँपालिका-४ खवाङ निवासी ३२ वर्षीय रिमा गिरीको ज्यान गएको हो ।
घर नजिकै लु १ ख ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाइते गिरीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।


