धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १७ जना घाइते

सुनसरी । धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी चन्द्र खड्काका अनुसार ब्रेक फेल भई घरको सटरमा बस जोतिएर दुर्घटना भएको हो ।

दुर्घटनामा दुर्घटनामा तीन जना पुरुष र दुई महिला (आमा र बच्चा हुनसक्ने) मृत्यु भएको खड्काले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । घटनामा १७ जना घाइते भएका छन् । उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।

जनकपुरबाट आएको उक्त बस स्कुलको रहेपनि बसमा भने विद्यार्थी सवार नरहेको उनले बताए ।

‘बस स्कुलको भन्ने भएपनि विद्यार्थी सवार छैनन् भन्ने प्रारम्भिक जानकारी आएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘दुर्घटनामा स्कुटर पनि संलग्न रहेको र स्कुटरलाई जोगाउने क्रममा दुर्घटना भएकोजस्तो देखिन्छ ।’

उनका अनुसार मेडिकल पसलको सटरमा बस जोतिदाँ पाँच जनाको मृत्यु भएपनि उनीहरू बसमा सवार हुन् वा स्थानीय भन्नेबारे खुलेको छैन ।-स्रोत :टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖