धनकुटाबाट नेकपाले धर्मराज पौडेललाई उम्मेदवार बनाउने
धनकुटा,५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट नेपाली कम्युनिष्ट पार्टी( नेकपा) ले धर्मराज पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
धनकुटामा बसेको कार्यालय बैठकले यसअघि सिफारीस गरिएका उम्मेदवारहरुसँग गरेको छलफलपछि नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्लाको कार्यालय बैठकको निर्णय अनुसार अब केन्द्रले पौडेललाई नै टिकट दिनेछ ।
यसअघि जिल्ला कमिटीको बैठकले पौडेलसहित शम्भु राई, टेकनाथ आचार्य, नगेन्द्र गहतराज, विष्णुमाया कन्दङवा र लोकेन्द्र राईको सिफारीस गरेको थियो तर हिजो बसेको कार्यालयको बैठकले सर्वसम्मत रुपमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


