धनकुटामा एमालेबाट भोलि मनोनयन दर्ता गर्दै राई
धनकुटा,५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्र कुमार राईले भोलि मनोनयन दर्ता गर्ने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटामा माघ ६ गते दिनको १ बजे मनोनयन दर्ता गरिने एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन राईले जानकारी दिए ।
राई यसअघि पनि धनकुटाबाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।


