सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट उम्मेदवार,धादिङ क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने

काठमाडौ । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएकी छन्। रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवारीको टिकट दिएको छ।

यसअघि आशिकाले काठमाडौं क्षेत्र नम्बर–२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर पछि उक्त निर्णय परिवर्तन गर्दै उनले रास्वपाबाट चुनाव लड्ने निर्णय गरेकी हुन्। धादिङ–१ नै आशिकाको जन्मथलो भएकाले स्थानीय स्तरमै रहेर जनताको प्रतिनिधित्व गर्ने उद्देश्यले सो क्षेत्र रोजेको बताइएको छ।

रास्वपामा आवद्ध हुनुअघि आशिकाले जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको मुद्दालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेकी थिइन्। सोही प्रस्तावअनुसार तीन जना जेन–जी घाइतेलाई रास्वपाको समानुपातिक बन्दसूचीमा समेट्ने र पार्टीको केन्द्रीय संरचनामा समेत समावेश गर्ने सहमति भएको स्रोतले जनाएको छ।

आशिका तामाङ सरसफाइ अभियान, सामाजिक न्याय र नागरिक सचेतना कार्यक्रममार्फत चिनिएकी सामाजिक अभियन्ता हुन्। उनी लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएकी छन्। पछिल्लो समय जर्मनीमा बसोबास गर्दै आएकी आशिकाले निर्वाचन लड्ने लक्ष्यसहित त्यहाँको बसाइ त्यागेर नेपाल फर्किएको बताइएको छ।

धादिङ जिल्लामा पनि उनले शिक्षा, सरसफाइ र सामाजिक सहयोगसम्बन्धी विभिन्न कामहरू गर्दै आएकी छन्। रास्वपाले आशिकालाई नयाँ पुस्ताको प्रतिनिधि र सामाजिक आन्दोलनबाट राजनीतिमा आएका उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।

आगामी निर्वाचनमा धादिङ–१ मा आशिका तामाङको उम्मेदवारीले स्थानीय राजनीति थप चासोको विषय बनेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।