एक्लिए अशोक राई, अहिले उनि संग श्रीमती मात्रै
काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठनको दुई वर्ष नपुग्दै कमजोर बन्दै गएको छ। पार्टी विभाजनका बेला साथ दिएका ७ सांसदमध्ये ५ जनाले पार्टी छाडिसकेका छन्।
राईसँग अहिले उनी स्वयं र उनकी श्रीमती सुशीला श्रेष्ठ मात्र बाँकी छन्।
पार्टी छाड्ने नेताहरू विभिन्न दलमा गएका छन्—कसैले एमाले, कसैले जनमत पार्टी रोजेका छन् भने कोही स्वतन्त्र तयारीमा छन्। केन्द्रीय पदाधिकारीहरू समेत अलग भएका छन्।
राईले यसलाई निर्वाचनकालीन स्वाभाविक प्रक्रिया भनेका छन् र आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। राई नेतृत्वको जसपाले नाउपा र राष्ट्रिय मुक्ति पार्टीसँग मिलेर ‘जाँतो’ चिन्हमा चुनाव लड्ने निर्णय गरिसकेको छ।


