रास्वपाले धनकुटामा बनायो दिनेश भण्डारीलाई उम्मेदवार
धनकुटा,५ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले धनकुटामा दिनेश भण्डारीलाई उम्मेदवार बनाएको छ ।
धनकुटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ भण्डारीको नाम टुंगो लगाइएको रास्वपा जिल्ला समिती धनकुटाले जनाएको छ ।


