कांग्रेसले धनकुटामा बनायो दिनेश राईलाई उम्मेदवार
धनकुटा,५ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस ले धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।
धनकुटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचन को लागि प्रत्यक्ष तर्फ राईको नाम टुंगो लगाइएको हो ।
राई नेका धनकुटाका जिल्ला सभापति हुन् ।


