विराटनगर क्रिकेट लिगमा सिद्धार्थको लगातार दुई खेलमा जित, अर्को खेलमा सुपर ओभरमा विराटनगर विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग सोमबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमि विजयी भएका छन् ।

पहिलो खेलमा सिद्धार्थले कटहरी क्रिकेट एकेडमिलाई ३९ रनको पराजित गर्दै लगातार दुई खेलमा जित हात पार्दै ४ अंकासाथ समुह वि को शिर्ष स्थानमा रहेर फाइनलको नजिक पुगेको छ । पराजित कटहरी प्रतियोगिताबाट बाहिरिएको छ । ३ खेल खेलेको कटहरीले १ मा जित र २ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिकले १ मा जित निकालेको २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमि खेलेको १ खेलमा पराजित हुँदै लिगको पुछारमा रहेको छ ।

टस हाररे ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ६ विकेट गुमाई १ सस ३२ रनको योगफल तयार पारेको थियो । सिद्धार्थकालागि फिदोश अन्सारीले अविजित रहन्दै ३२ रन बनाउँदा सोहेव आलमले २७ रन र निरज मुखियाले २४ रनको योगदान दिए । कटहरीका विशाल आचार्यले २ विकेट लिँदा सुरज मुखिया, प्रसिद्ध मण्डल र आस्वीन कामतले १–१ विकेट लिए ।

जवाफमा १ सय ३३ रनको लक्ष्य पछ्याएको कटहरीले प्रै ओभर खेल्दै ८ विकेट गुमाई ९३ रन मात्र बनाउँन सक्यो । कटहरीका आस्वीन कामतले अविजित ४२ रन जोड्दा विशाल आचार्यले २० रन जोडे । सिद्धार्थका दिपेश कँडेलले ३ विकेट लिँदा फिर्दोश अन्सारी र निरज मुखियाले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिद्धार्थका दिपेश कँडेल घोषित भए ।

सुमुह ए अन्तरगत भएको दिनको दोस्रो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमिले विराट क्रिकेट एकेडमिलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै २ अंक जोडेको छ । २ खेल खेलेको विराट क्रिकेट एकेडेमि १ मा जित र १ खेलमा पराजित हुँदै नेट रन नेटमा पछि पर्दै शिर्ष स्थानमा यथावत रहेको छ भने विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमिले खेलेको पहिलो खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको विराटनगरले १ ओभरमा १ विकेट गुमाई १० रन बनायो भने विराटले ५ बलमा २ विकेट गुमाई ५ रन मात्र बनाए पछि ५ रनले पराजित भएको हो ।

यस टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९८ रनको सामान्य योगफल तयार पारेको थियो । विराटकालागि लव कामतले ३४ रनको योगदान दिँदा अनिस राजवंशीले २१ रन र दिपक पासवानले १५ रनको योगदान दिए । विराटनगरका प्रसान्त साहले ३ विकेट लिँदा सुजन थपलियाले पनि ३ विकेट लिए भने रितेश झाले २ विकेट लिए ।

जवाफमा ९९ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले पुरै ओभर खैल्दै ७ विकेट गुमाई ९८ बनाएपछि अ‍ेल सुपर अभेरमा गएको थियो । विराटनगरका क्रितिक कामतले ५१ रन बनाउँदा कमलदेव चौधरीले १७ रन बनाए । विराटका श्रवण यादवले ह्याट्रिकसहितले ४ विकेट लिँदा अमन यादवले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराट विशाल ढकाल घोषित भए ।

सोमबारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लव र कटहरी क्रिकेट एकेडेमि तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विच प्रतिस्पर्धा हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।