सोलुखुम्बुमा ट्रक दुर्घटना

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ बरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा ट्रक दुर्घटना भएको छ।

आइतबार दिउँसो करिब १ ः४० बजेको समयमा नेचासल्यान गाउँपालिका–२ दोदीबाट इटहरीतर्फ उत्तिसको काठ बोकी जाँदै गरेको प्रदेश १–०२–००२ ख ००१५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी विकास राइले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। उक्त ट्रक चालक जिल्ला संखुवासभा मादी नगरपालिका–५ ओखरबोटे बस्ने अन्दाजी ३४ वर्षीय जितबहादुर तामाङ रहेको जनाइएको छ ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको, सडक आवागमन अवरुद्ध नभएको र ट्रकमा सामान्य क्षति मात्र पुगेको जनाइएको छ । दुर्घटनाग्रस्त ट्रक हाल घटनास्थलमै रहेको छ भने आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।-सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।