प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले चुमेको छ । सोमबार भएको फाईनल खेलमा लालिगुराँस स्पोर्टिङ क्लब सुरुमखिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी चुमेको हो ।

उपाधीसँगै सिंवा स्पोर्टिङ क्लबे ३ लाख ५० हजार ८२ रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको लालिगुराँस स्पोर्टिङ क्लबले नगद एक लाख ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

फाईनल खेलको म्यान अफ द म्याच सिंवा स्पोर्टिङ क्लबका पवन लिम्बु घोषित हुँदै नगद २ हजार रुपैँयाले पुरस्कृत हुनुभयो ।

त्यस्तै सिंवा स्पोर्टिङका योगेश लिम्बु बेस्ट डिफेन्डर र बेष्ट गोलकिपर आकाश लिम्बु बन्नुभयो । त्यस्तै ड्रिम बोइज एफ.सि.धनकुटाका शुक्र लिम्बु सर्वाधिक गोलकर्ता र लालिगुराँसका स्पोर्टिङ हिटेन लिम्बु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत हुनुभयो ।

सिंवा स्पोर्टिङ क्लब सेमिफाईन खेलमा ड्रिम बोइज एफ.सि.धनकुटालाई ६–३ गोल अन्तरले र लालीगुँरासले वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

फक्ताङलुङ गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यसहित गोल्डकप सञ्चालन गरेको क्लबका संरक्षक मचिन्द्र लिम्बुले बताउनुभयो ।

माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा फक्ताङलुङ गाउँपालिका–३ स्थित सिंवा बजारमा माघ १ गतेबाट सुरु भएको प्रतियोगिता भब्यताका साथ सोमबार समापन भएको आयोजकले जनाएको छ ।-रेजियो काबेवी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।