देउवाले लिए विश्राम, चुनाव नलड्ने

काठमाडौं, माघ ६ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन। विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।

देउवा २०४८ देखि २०७९ सम्म लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि देउवाले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमा लेख्दै उनले यसपटक चुनाव नलड्ने घोषणा गरेका छन ।

देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा प्रत्यक्षतर्फ लगातार डडेल्धुराबाट विजयी भएका थिए । २०६४ सालमा कञ्चनपुर ४ र २०७० मा देउवाले डडेल्धुराबाहेक कैलाली ६ बाट पनि चुनाव जितेका थिए । सातपटक लगातार निर्वाचन जितेका एक मात्र नेता देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।