झापा ५ मा उम्मेदवारी दिन बालेन राति नै आईपुगे
झापा । प्रतिनिधि सभा निर्वाचनको लागि झापा ५ मा उम्मेदवारी दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह राति नै आइपुगेका छन् ।
जनकपुरको कार्यक्रम सकेर हिडेका उनी इटहरी हुँदै राति २ बजेतरि मोरङको उर्लावारी आइपुगेका हुन् । उनी राति २ बजेतिर आएर उर्लावारी ४ स्कुलडाँडास्थित ससुराली घरमा बसेका छन् ।
उनी ससुराली झमक काफ्लेको घरमा बास बसेको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक रन्जन बरालले जानकारी दिए । त्यहाँबाट उनी आज बिहान ११ बजे उम्मद्वारी दर्ताका लागि दमक आउने भएका छन् ।


