एमाले अध्यक्ष ओलीले झापा ५ मा गराए मनोनयन दर्ता
काठमाडौं, ६ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् ।
यो क्षेत्रमा उनीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रतिष्पर्धामा छन् ।
उम्मेदवारी दर्ताको दिनमा नै एमाले र रास्वपाका नेता तथा कार्यकर्ताबीच नै घम्साघम्सी परेको थियो ।


