कोशीमा प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ६ माघ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ४ चार्खु कि ५२ बर्षीया रत्न कुमारी कटवाल (कार्की) को हतियारधारी समूहले बन्चरो प्रहार गरी बीभत्स हत्या गरी नगद तथा सुनका गरगहना लुटपाट गरी लगेको घटनाको सफल अनुसन्धान गरेका थिए ।

त्यसैगरि गत पुस १५ गते ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-६ का किराना पसल सञ्चालक दम्पति ६० बर्षीया सोवितमान थापा मगर र ६० बर्षीया रत्नमाया थापा मगरको हतियारधारी समूहले कोदालो तथा अन्य हतियारको प्रयोग गरी बीभत्स हत्या गरी अन्दाजी नगद १ लाख तथा सुनको गरगहना ८ तोला समेत लुटि लगेको घटनाको अनुसन्धानको क्रममा संलग्न ४ जना अभियुक्तहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

उहांले आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ठ तवरबाट निर्वाह गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।