विराटनगर क्रिकेट लिगमा इलाइटको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा इलाइट क्रिकेट क्लव विजयी भएको छन् ।

इलाइटले आज भएको खेलमा मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई १७ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । जितसँगै इलाइटले खेलेको २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ समुह (ए)को तेस्रो स्थानमा रहेको छ । मिल्सले लिगमा पहिलो खेल खेलेको हो ।

टस जितेर ब्याटिङको गरेको इलाइटले सिद्धार्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन बनाउँदा राजु विश्वकर्माले ४० रन बनाए । मिल्सका वैभव राजले ३ लिँदा सुधिर कामत,रेहान शेख,विधान गोस्वामी र नरेन्द्र कर्णले १–१ विकेट लिए ।

जवाफमा १ सय ५५ रनको लक्ष्य पछ्याएको मिल्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ३७ रन मात्र बनाउँन सक्यो । मिल्सका विधान गोस्वामीले सर्वाधिक ४२ रनको योगदान दिए । इलाइटका राजु विश्वकर्माले ३ विकेट लिँदा मनिस कामतले पनि ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच इलाइतका राजु विश्वकर्मा घोषित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।