झापा ५ मा रास्वपा उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्दै नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रसाईँले दिए राजीनामा

झापा । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वरिष्ठ नेता बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्दै नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टीको साधारण सदस्यतासमेत परित्याग गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट बालेन शाहको चुनावी अभियानमा सक्रिय रूपमा सहभागी हुने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको स्टाटसमा प्रसाईँले आफ्नो राजीनामालाई औपचारिक रूपमा घोषणा गर्दै अबको राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा वास्तविक परिवर्तन ल्याउने उद्देश्यका लागि हुने बताएका छन्। उनले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई अग्रिम विजयको शुभकामना दिँदै पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रसाईँको यो निर्णयले झापा–५ को चुनावी वातावरण थप रोचक बनेको छ। कांग्रेसको स्थानीय नेतृत्वमै रहेर खुलेआम रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने उनको कदमलाई राजनीतिक वृत्तमा साहसी निर्णयका रूपमा हेरिएको छ। यसबाट कांग्रेसभित्र पनि आन्तरिक असन्तुष्टि र वैकल्पिक राजनीतिक धारको संकेत देखिएको विश्लेषण हुन थालेको छ।

उल्लेखनीय कुरा के छ भने प्रसाईँकी श्रीमती रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर हुन्, जो २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। यद्यपि, पारिवारिक राजनीतिक पृष्ठभूमि फरक भए पनि प्रसाईँले व्यक्तिगत राजनीतिक विश्वासका आधारमा निर्णय लिएको बताएका छन्। उनको राजीनामासँगै झापा–५ मा रास्वपा र बालेन शाहको पक्षमा कांग्रेस पंक्तिबाट समर्थन बढ्दै जाने संकेत देखिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।