सोलुखुम्बुमा १२ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता न्युन
सोलुखुम्बु । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १२ वटा दलका उम्मेदवारको मनोनयन दर्ता भएको हो ।
नेकपा एमालेबाट जिल्ला सचिव कल्पना राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि प्रकाशसिङ कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट निर्वतमान गाउँपालिका अध्यक्ष असिम राई , श्रम संस्कृति पार्टीबाट अध्यक्ष वियस राई रास्वपाबाट रिषीधन राई , नेपाल मजदुर पार्टीबाट कमल बहादुर मगरले मनोनयन दर्ता गराउनुभएको हो ।
यस्तै, जसपाबाट लाक्पा शेर्पा, राप्रपाबाट राजेन्द्र बस्नेत , मंगोल नेसनल अर्गनाइजेसनबाट मगल गुर्रुङ, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङको मनोनयन दर्ता भएको छ । यस्तै उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरि शेर्पा, आम जनता पार्टीबाट गुणराज भटराईले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग कुराकानी गनुहुदै नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुका उम्मेद्धार असिम राईले आफ्नो उम्मेद्धारी नागरिकको सेवकको रुपमा रहेको बताउनुभयो । यस्तै नेपाली काग्रेस सोलुखुम्बुका उम्मेद्धार प्रकाश सिङ कार्कीले जिल्लाको समग्र विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।
यता एक मात्र महिला उम्मेद्धार कल्पना राईले सोलु दुधकुण्ड नगरपालिकामा उपमेयर भएर काम गरेको अनुभव सुनाउदै निति निर्माणमा जोड दिनने बताउनुभएको छ । -सोलु एफएम


