उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोग ले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो।

आयोगका अनुसार प्राप्त उजुरी र मनोनयन पत्रमाथि माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णय गरिनेछ र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको उम्मेदवार मनोनयन कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। आयोगका अनुसार देशभरबाट कुल २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको छ।

मनोनयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन्। उनले निर्वाचनका बाँकी चरणहरू पनि शान्तिपूर्ण र सहयोगात्मक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत का अनुसार कुल उम्मेदवारमध्ये ३ सय ३६ जना महिला र २ हजार ५ सय ८९ जना पुरुष रहेका छन्। यस्तै अपाङ्गता भएका ८५ जना तथा पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।