सुनसरीमा ३५ किलो गाँजा गाँजा र मोटरसाइकल सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीमा गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढी गाउँपालिका–२ का ४२ को अतिम मियाँ र ३२ वर्षीय इन्तियाज मियाँ रहेका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले दुवै जनालाई गढी–६ स्थित बुढीखोला नजिकबाट मंगलबार पक्राउ गरेको हो । विराटनगरबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा २७ प १७६६ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा २ वटा झोलामा राखेर मोटरसाइकलमा लुकाइछिपाइ लैजाँदै गरेको ३५ किलो ८ सय ग्राम गाँजा फेला परेको डीएसपी खड्काले बताए । गाँजा र मोटरसाइकलसहित प्रहरीले अतित र इन्तियाजलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये अतित मोटरसाइकल चालक हुन् भने इन्तियाज पछाडि सवार थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


