आन्दोलनको नाममा अरुको घर जलाउनेहरुलाई कारबाही भएन, समय आउँछ :ओली

काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको नाममा घर जलाउनेहरुलाई सरकारले कारबाही नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बुधबार) झापामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरुको अवलोकनका क्रममा ओलीले अहिलेको सरकार तिनै आगो लगाउनेहरुकै रहेको बताए ।

सरकारले ती आगो लगाउनेहरुलाई जोगाउने काम गरिरहेको पनि ओलीको आरोप छ । ‘अहिलेको सरकार सायद उनीहरूकै हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ,’– एमाले अध्यक्ष ओलीले भने ।

ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने बताए । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ ।

अध्यक्ष ओलीले अपराधलाई प्रोत्साहित गर्न नहुने पनि बताए । उनले भने, ‘त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन ।’

आन्दोलनको नाममा आगजनी गर्नेहरुलाई कारबाही गर्ने समय आउने पनि उनले बताए । उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने बताए । ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।