विराटनगर क्रिकेट लिगको उपाधि विराटनगरलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको लिगको उपाधि विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवलाई २ रनले पराजित गर्दै विराटनगरले लिगको उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उप विजेता सिद्धार्थले नगर १० हजार र ट्रफि हात पारेको छ ।

टस जितेर ब्याटिङको गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३८ रनको योगफल तयार पारेको थियो । विराटनगरकालागि सुजन थपलियाले ४७ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै ७२ रन जोड्दा कमल देव चौधरीले १९ रन र कृष शर्माले १५ रन जोडे । श्रवण किस्कुले २ विकेट लिँदा दिपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।

जवाफमा १ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ३६ रन मान बनाउँन सक्यो । सिद्धार्थका रविन मण्डलले ४८ रन जोड्दा अनिल लामिछानेले ३६ रनको योगदान दिए । विराटनगरको कृष शर्माले ४ विकेट लिँदा रितेश झाले ३ विकेट र प्रसान्त साहले २ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द फाइनल विराटनगरका कृष शर्मा घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर लायनका सकिव हक भ एभने उत्कृष्ट बलर सिद्धार्थका दिेपेश कँडेल भए । प्लेयर अफ टुर्नामेन्ट सिद्धार्थका फिर्दाेस अन्सारी भए ।

विजयी तथा अन्य खेलाडीलाई कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद वावु कुरेसी र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।