इलाममा गाडी दुर्घटना,तीन जना घाइते
इलाम । बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको गाडी मेची राजमार्गअन्तर्गत इलामको गोदकस्थित धजेमा दुर्घटना भएको छ।
दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।


