संखुवासभाको खाँदबारीमा नृत्य प्रतियोगिताको पुरस्कारबाट वृद्धाश्रममा ब्ल्याङ्केट वितरण

संखुवासभा । ​संखुवासभाको खाँदबारीस्थित भेडेटार झण्डा चोकमा सम्पन्न नृत्य प्रतियोगिताको विजेता सुर्यन्स जुम्बा टोलीले पुरस्कार स्वरूप प्राप्त गरेको रकमबाट वृद्धवृद्धालाई सहयोग गरेको छ।

प्रतियोगितामा प्रथम भएर प्राप्त गरेको रु १५,००० नगदबाट टोलीले खाँदबारीकै मनकामना वृद्ध आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको हो।

​बिहीबार आयोजित एक कार्यक्रमका बीच जुम्बा टिमका नृत्य प्रशिक्षक साजन राईले आश्रमका ३० जना वृद्धवृद्धाहरूलाई पालैपालो जाडोमा ओढ्ने न्यानो ब्ल्याङ्केट हस्तान्तरण गर्नुभयो। बढ्दो चिसोलाई मध्यनजर गर्दै टोलीले पुरस्कारको रकमलाई सामाजिक सेवामा लगाउने निर्णय गरेको थियो।

​सुर्यन्स जुम्बा टोलीकी प्रमुख लक्ष्मी कार्कीले आफ्नो टोली नृत्यमा मात्र नभई स्वास्थ्यका लागि आवश्यक शारीरिक कसरत र व्यायाममा पनि निरन्तर सक्रिय रहेको बताउनुभयो। कार्कीले भन्नुभयो, “हामीले नृत्य र कसरतका माध्यमबाट समाजलाई स्वस्थ रहन प्रेरित गरिरहेका छौँ, आज यो सानो सहयोग मार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेका हौँ।”

​कार्यक्रममा सहभागी आश्रमका पुजारीहरू र वृद्धवृद्धाहरूले टोलीको यो परोपकारी कार्यको प्रशंसा गर्दै आशीर्वाद दिएका थिए। सानो सहयोगले पनि वृद्ध बुवाआमाको अनुहारमा खुसी ल्याउन सकेकोमा टोलीले गौरव व्यक्त गरेको छ।

​यसैबीच, सुर्यन्स जुम्बा टोलीले सामाजिक सञ्जालको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेको छ। प्रशिक्षक साजन राईले टिमको यस यात्रामा साथ दिने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो।-खांदबारी एफएम

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।