धनकुटाको पाख्रीबासमा तामाङ समुदायले यसरी मनाए सोनाम ल्होछार (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने तामाङ समुदायले मञ्जुश्री संवत् २८६२, ता–ल्हो (घोडा वर्ष) को अवसरमा थर्पोलिङ गुम्बा डाँडामा बुधबार भव्य रूपमा सोनाम ल्होछार मनाएका छन्।

पाख्रीबास नगरपालिका वडा नं. ९ ल्होछार मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्षको आरम्भका रूपमा मनाउने प्रमुख पर्व हो। तामाङ समुदायमा ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा हुने विश्वास रहेको छ, जसका नाम पशुपंक्षी तथा जीवजन्तुका आधारमा राखिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सम्झना आलेले ल्होछारले सामाजिक एकता, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई मजबुत बनाउने बताउँदै सम्पूर्ण तामाङ समुदायलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला तामाङ घेदुङका उपाध्यक्ष यज्ञ घिसिङले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा जिल्ला तामाङ घेदुङका सह–सचिव जयबहादुर मोक्तान, कोषाध्यक्ष शुभचन्द्र मोक्तान, फोनिज धनकुटा अध्यक्ष मानवी मोक्तान, वडा सदस्यहरू पहलमान घिसिङ र मदन आले, पूर्व वडा अध्यक्ष चन्द्रलाल तामाङ, ताम्बा–घान्बा म्हेमेहरू हिरामान घिसिङ, मदन घिसिङ र श्यामबहादुर योञ्जन, बाल शिक्षा प्राथमिक विद्यालय लिसुम्बुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर ठाडा मगर, थर्पोलिङ गुम्बा निर्माणका लागि जग्गा दाता चन्द्रबहादुर मोक्तान, घेदुङ पूर्व जिल्ला सह–सचिव धनबहादुर मोक्तान, गुम्बा व्यवस्थापन समिति सचिव गजम घिसिङ, उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेका सदस्यहरू तथा वडावासी तामाङ दाजुभाइ दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ल्होछार मूल समारोह समिति संयोजक दिलु तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक समितिका सदस्यहरू पुष्पा तामाङ, फूलमाया तामाङ, लक्ष्मी तामाङ, पुनम तामाङ, मनमाया तामाङ, सरु तामाङलगायतको सक्रिय सहभागिता रहेको थियो। साथै उक्त सास्कृतिक कार्यक्रममा सहभागीलाई प्राेत्साहान स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

तामाङ समुदायमा माघ महिनाको प्रतिपदादेखि दशमीसम्म घरघरमा लुङ्दर झुन्ड्याउने, मिठा परिकार खाने, गुम्बा तथा छ्योर्तेनमा पूजा गर्ने, नयाँ कपडा लगाउने, आफन्तसँग भेटघाट गर्ने, गुरु–लामाबाट आशिर्वाद लिने र सामूहिक रूपमा नाचगान गर्दै खुशीयाली साटासाट गर्ने परम्परा रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।