उत्तरदायी शासन र नागरिकमैत्री सेवाबाट मात्रै सहिदहरूको बलिदान सार्थक : मेयर कोइराला

विराटनगर । सहिद दिवसको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले देश र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बलिदानलाई व्यवहारिक शासन र सेवामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

जारी गरिएको सन्देशमा मेयर कोइरालाले धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजस्ता अमर सहिदहरूले जहानियाँ राणा शासनको दमन र निरङ्कुशताविरुद्ध निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् । उनीहरूको त्यागकै कारण नेपालमा प्रजातान्त्रिक चेतनाको विकास भएको र लोकतान्त्रिक यात्राले गति लिएको उल्लेख गरिएको छ ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहले इतिहासको स्मरण मात्र नभई वर्तमान नेतृत्व र भावी पुस्तामाथि थप जिम्मेवारी बोध गराउने मेयर कोइरालाको भनाइ छ । उनका अनुसार स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय र सुशासनको संरक्षण नै सहिदप्रतिको वास्तविक सम्मान हो ।

देशभर सहिद स्तम्भ, सालिक र स्मारकमा श्रद्धासुमन अर्पण भइरहँदा सहिदहरूको सपना अनुरूपको समाज निर्माणमा कति अघि बढ्यौं भन्ने प्रश्नले सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनाउने उनले बताए ।
लोकतन्त्रलाई सुदृढ बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकको जीवनस्तर सुधार्ने विषयमा अझ दृढ संकल्प आवश्यक रहेको उनको धारणा छ ।

विराटनगर महानगरपालिकाको तर्फबाट समावेशी विकास, उत्तरदायी शासन र नागरिकमैत्री सेवा प्रवाहमार्फत सहिदहरूको बलिदानलाई सार्थक बनाइने प्रतिज्ञा पनि मेयर कोइरालाले व्यक्त गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।