झापामा कुनै उम्मेदवारले सुरक्षा चुनौती महसुस गर्नुपर्दैन : एसपी खड्का
झापा । जिल्ला प्रहरी कार्यालय झापामा आयोजित कार्यक्रममा एसपी बसुन्धरा खड्काले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जो-खिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएकी छन ।
कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौ’ती महसुस गरी निवेदन दिएमा आवश्यकता अनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उनले स्पष्ट पारेकी छन ।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा सं-वेदनशी’ल क्षेत्रमा परिचालन भइसकेको उनको भनाइ छ।


