तेह्रथुमको छथरमा बोलेरो ट्रली पिकअप गाडी दुर्घटना
तेह्रथुम । तेह्रथुममा बोलेरो गाडी दुर्घटना भएको छ ।
छथर गाउँपालिकाको शुक्रबारे बजार स्थित वडा न. २ हमरजुङ्गको वडा कार्यालय नजिकै आज बिहान अन्दाजी पाँच बजेको समयमा गाडी दुर्घटना भएको हो ।
पुर्व वडाअध्यक्ष कुलबहादुर कार्कीको घर अगाडि राखिएको प्रदेश न. १ -०२- ००२ च ७५१४ नम्बरको बोलेरो ट्रली पिकअप गाडी ओरालोमा गुडेर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा मानविय क्षति भएको छैन ।


