धनकुटाको सिधुवा तर्फबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस त्रिशुलेमा दुर्घटना
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ र धनकुटा नगरपालिका-१ को सिमाना पर्ने त्रिशुलेमा यात्रुबाहक बस दुर्घटना भएको हो ।
तेह्रथुमको हाक्पारा हेमाङ्दिन, शुक्रबारे, सिधुवा हुदै झापाको दमक जादै गरेको को १ ख ५१०५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय तथा ठूलो भौतिक क्षति भने भएको छैन। बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको जनाइएको छ।
दुर्घटनाको थप बिवरण आउन बांकी रहेको छ ।


