सुनसरीमा आगलागी भएको ट्याक्टरबाट हामफाल्दा एक महिलाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ खुनगाउँस्थित भित्री सडक खण्डमा गुडिरहेको ट्याक्टरमा अचानक आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरका लागि माटो बोकेर ल्याउँदै गरेको नम्बर प्लेट स्पष्ट नभएको ट्याक्टरको इन्जिनमा बिहीबार दिउँसो १५ः४० बजे अचानक आगलागी भएको थियो । आगलागी भएलगत्तै ट्याक्टर चालक बराहक्षेत्र नगरपालिका–४ का ६० वर्षीय रामेश्वर मुसहरले ट्याक्टर रोकी पानी खन्याएर आगो निभाउने प्रयास गरेका थिए । सोही क्रममा ट्याक्टर अचानक गुड्न थालेपछि ट्याक्टरको ट्रलीमा बसिरहेकी चालककी श्रीमती ५५ वर्षीया फुलियादेवी सदा आत्तिएर गुडिरहेको ट्रलीबाट बाहिर हामफालेकी थिइन् ।

ट्रलीबाट हामफाल्ने क्रममा लडेर गम्भीर घाइते भएकी फुलियादेवीलाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका
थिए ।

स्थानीय बासिन्दाको सहयोगमा ट्याक्टरमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरीले ट्याक्टर चालक रामेश्वर मुसहरलाई नियन्त्रणमा लिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।