धनकुटामा अटो दुर्घटना,६ जना घाइते

धनकुटा,१६ माघ । धनकुटामा अटो दुर्घटना हुंदा ६ जना घाइते भएका छन् ।

आज बेलुका करिब ६ बजे बजे जिल्लाको धनकुटा नगरपालिका ४ छारागाउ पिपलडाँडा स्थित भित्री सडक खण्डमा सान्ताङबाट थोका तर्फ जाँदै गरेको प्रदेश१-०२-००२ह८६६९ नम्बरको अटो आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रनाउ ज्ञान कुमार महतोले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा अटो चालक धनकुटा नपा-४ बस्ने वर्ष अन्दाजी ३८ बर्षिय पञ्चलाल राई, वर्ष २७की सपना राई,वर्ष २६की लजु राई,वर्ष ५८को प्रेम बहादुर राई, बर्ष २ की अमिम्सा राई र लोकेन्द्र राई रहेका छन् ।

सबै घाईतेहरुलाई जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार भई रहेकोमा घाइते भएका अटो चालक पञ्चलाल राई र प्रेम बहादुर राई सामान्य उपचार पश्चात सिटि स्क्यानको लागी बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान रेफर गरिएको छ ।

अटो घट्ना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।