सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आएका बेघा मृत फेला

फिदिम । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ ।

जिल्लाको याङवरक गाउँपालिका-२, तिमतिम्बु घर भई रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनुभएको हो ।

केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनुभएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मङ्गल बेघाले बताउनुभयो ।

निरन्तर चार दिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम-४, देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरीले जनाएको छ ।

उहाँको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले बताउनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।